३७४ जना निकाे हुँदा ३२२ जनामा काेराेना पुष्टि, थप ६ जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे संख्या २ लाख ६७ हजार ६४४ पुगेकाे छ । आज (साेमबार) थप ३२२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या त्यति पुगेकाे हाे । काठमाडाैंमा मात्रै आज १ सय ४१ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरका ७ र ललितपुरका १५ जनामा काेराेना पुष्टि भएकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३७४ संक्रमित निकाे भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार आज थप ७ जनाकाे मृत्यु भएकाे छ । क्वारेन्टिनमा आज २२१ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ३ हजार ८६१ रहेकाे छ ।

याेसँगै काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या २ लाख ६१ हजार ८१८ पुगेकाे छ भने मृतक संख्या १ हजार ९६५ पुगेकाे छ ।

प्रतिक्रिया