४०० जना निको हुँदा थप २६६ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६६ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (आइतबार) ४ सय संक्रमित निकाे भएका छन् भने थप ५ जनाकाे मृत्यु भएकाे छ । यस्तै आज क्वारेन्टिनमा २२१ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ३ हजार ९१९ रहेकाे छ ।

आजकाे थप अपडेटसँगै काेराेना संक्रमितकाे कुल संख्या २ लाख ६७ हजार ३२२ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ६१ हजार ४४४ जना निकाे भइसकेका छन् भने मृतक संख्या १ हजार ९५९ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया