नेपाल हस्तकला महासंघको ४० औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं । नेपाल हस्तकला महासंघको ४० औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

बुधबार महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यको सभापतित्वमा महासंघको सचिवालयमा भर्चुअल माध्यमबाट उक्त साधारण सभाको उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता महासंघका संस्थापक अध्यक्ष सागर शमशेर राणाले गरेका थिए ।

सो सभामा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङ्ग, नेपाल सरकारका उद्योग सचिव चन्द्र कुमार घिमिरे, वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले भर्चुअल माध्यमबाट शुभकामना दिएका थिए ।

त्यसैगरी व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्याकारी निर्देशक शरद विक्रम राणा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंशले भर्चुअल जुमबाट शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वार्षिक सभाको बन्द सत्रमा कार्य समितिको वार्षिक प्रतिवेदन, वित्तिय प्रतिवेदनमाथि छलफल भइ पारित गरिएको थियो ।

प्रतिक्रिया