माछापुछ्रे बैंक र एशियन डेभलपमेन्ट बैंकबीच सम्झौता

काठमाडाैं । माछापुछ्रे बैंक लि. र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीचएडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्तर्गत् कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा एशियन डेभलपमेन्ट बैंक (एडीबी) को तर्फबाट सल्लाहकार तथा प्रमुख ट्रेड एण्ड सप्लाई चेन फाइनान्स, स्टेभनविक तथा माछापुछ्रे बैंक लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

ट्रिपल ए क्रेडिङ्ग रेटिङ्ग प्राप्त एडिबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा आजसम्म २०० भन्दा बढी बैंकहरुसँग सहकार्य गरिसकेको छ । उक्त सम्झौता पश्चात् एडिबीको ग्यारेन्टीमा माछापुछ्रे बैंकले विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ट्रेड तथा ग्यारेन्टीसँग सम्बन्धित फाइनान्सिङ्ग सुविधाहरु प्रदान गर्ने जानकारी दिइएकाे छ ।

आफ्ना ग्राहकलाई विश्वसनिय तथा परिमार्जित सेवा प्रदान गर्दै आइरहेको माछापुछ्रे बैंक लि.ले एडीवीसँग ट्रेड फाइनान्स प्रोग्राममा गरेको सम्झौताले देशको आर्थिक विकासमा ठुलो टेवा पुग्ने विश्वास लिएको छ ।

स्थापनाकालदेखि नै माछापुछ्रे बैंक लिरिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण व्यावसायिक सेवाको क्षेत्रमा नयाँ-नयाँ प्रविधिहरुको माध्यमबाट सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नका लागि कटिबद्ध रहँदै आएको छ ।

पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १५१ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१६ स्थानमा रहेका सेवा सञ्जालन तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस (POS Machine) मार्फत् बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया