एनआईबीएल एस क्यापिटलका शाखा शनिबार पनि खुल्ने

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले माघ ३ गते शनिबार पनि शाखा खुल्ला राख्ने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ भर्न सजिलो होस भनेर शनिबार पनि शाखाहरु खुल्लै राख्ने निर्णय भएको लिमिटेडले जनाएको छ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको क्यापिटलका शाखाहरुमा शनिबार डिम्याट खाता खोल्न तथा नविकरण गर्ने, मेरो शेयरका लागि फारम भरेर दर्ता गर्ने र नविकरण गर्ने सेवा उपब्ध हुनेछन् । शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने लिमिटेडको सूचनामा उल्लेख छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता सेयरमा आइपीओ बिक्री खुला गरेको हो ।

प्रतिक्रिया