बृहत शैक्षिक मेला शुक्रबारबाट शुरु

नेपाल शैक्षिक परामर्श संघ इक्यानले बर्षेनी गर्दै आएको १४ औं बृहत शैक्षिक मेला शुरु भएको छ । कोभिड १९ को महामारीका कारण मेला अनलाइन माध्यमबाट शुरु गरिएको छ । शुक्रबारबाट शुरु भएको मेला माघ ५ गते सोमबारसम्म सञ्चालन हुने इक्यानले जनाएको छ ।

मेलामा एउटै लिंकबाट विश्वभरका शैक्षिक संस्था र प्रणालीको विषयमा विद्यार्थी र अभिभावकलाई विस्तृत जानकारी दिइने इक्यानको विज्ञप्तिमा उल्लेख छ ।

उच्च  शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी र उनीहरुका अभिभावकले आफू बसेकै ठाउँबाट मेलामा सहभागी भइ उच्च शिक्षाका लागि जान चाहेको देश, विश्वविद्यालय तथा कलेज, कोर्स भिजा प्रोसेसिङ, लाग्ने खर्च लगायतका विषयमा जानकारी तथा परामर्श लिन सक्नेछन् ।

यसका लागि वेवसाइट https://www.ecanfair.com/  मार्फत मेलामा सहभागी हु्न विद्यार्थी तथा उनीहरुका अभिभावकले मोबाइल, ल्यापटप, कम्प्युटर लगायतबाट मेलाको डेडिकेटेड वेवसाइटमा गएर नाम दर्ता गरी आवश्यक जानकारी लिन सकिने छ ।

एक सयभन्दा बढी प्रदर्शक सहभागि हुने मेलाको आयोजकमा वन अप प्रा. लि छ भने इन एसोसिएसन विथमा वेद इन्टरनेशनल एजुकेशन कन्सलटेन्सी, अर्बिट इन्टरनेशनल एजुकेशन, क्विन्सफोर्ड कलेज, ग्रेस इन्टरनेशनल एजुकेशन, सक्सेस अब्रोड स्टडी, नेप्कोम्स एजुकेशन छन् । त्यसैगरी १८ वटा संस्था प्लाटिनम स्पोन्सरमा आबद्ध भएका इक्यानले जनाएको छ ।

प्रतिक्रिया