बिहीबार थपिए ४०३ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४०३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (बिहीबार) ४०५ जना संक्रमित निकाे भएका छन् भने थप ६ जनाकाे मृत्यु भएकाे छ । आज क्वारेन्टिनमा २३१ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ४ हजार ४२६ रहेकाे छ ।

याेसँगै काेराेना संक्रमितकाे कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ६० हजार १७७ जना निकाे भइसकेका छन् भने मृतक संख्या १ हजार ९४३ पुगेकाे छ ।

प्रतिक्रिया