सेञ्चुरी बैंककाे दशौं वार्षिक साधारणसभा

काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौँ तथा दशौं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । बुधबार बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठकाे अध्यक्षतामा भद्रकालीस्थित आर्मी क्लबमा बैंकले आफ्नो साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ८,४१,५४,७१,५७६.३० मा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश शेयर तथा उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम रु. ८,५८,३७,८१,००० मा आ.व. २०७६/७७ को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन समेत बैंकले पारित गरेको छ ।

उक्त साधारण सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना सञ्चालक रमेश कुमार निरौला, मन बहादुर राई र  रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको पनि बैंकले जनाएकाे छ ।

चालु आ.ब.को असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्ब र कर्जा रकम रु. ६६.९३ अर्ब परिचालन गरी २२.०२ करोड मुनाफा आर्जन गरेकाे छ ।

प्रतिक्रिया