एनएमबि बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं । एनएमबि बैंक लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा सम्पन्न गरेकाे छ ।

आज (बुधबार) नयाँ बानेश्वरस्थित कृष्ण टावरमा संचालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षतामा बैंककाे वार्षिक साधारण सभा सम्पन्न भएकाे हाे ।

बैंकले कोभिड १९ का कारण हुन सक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत् संचालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरेकाे थियाे ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । यस्तै उक्त सभाले अधिकृत पूँजी रु.१६ अर्बबाट वृद्धि गरी रु.२० अर्ब पुर्याउने प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिक्रिया