ओली झुटको पुलिन्दा हुन् : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुटको पुलिन्दा भनेका छन् ।

बुधबार काठमाडौंस्थित प्रज्ञा भवनमा बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘केपी ओली झुटको पुलिन्दा हुनुहुन्छ’, सम्बोधनका क्रममा भनेका छन्, ‘ओली गुटले बाँडेको भ्रममा हामी कोही पनि नफसौं ।’

ओलीले डमरु बजाउँदै केन्द्रीय सदस्य पद बाँडिरहेको बताउँदै अध्यक्ष नेपालले पार्टी नै सडकछाप बनाएको बताए । ‘हेरौँ त्यो सडकछाप पार्टीमा को को जाँदोरहेछ’ अध्यक्ष नेपालले भनेका छन्, ‘डमरु बजाउँदै ओलीले केन्द्रीय सदस्य बाँड्दै हुनुहुन्छ । पार्टी नै काम नलाग्ने बनाइसक्नुभयो ।’

यसैबीच अध्यक्ष अध्यक्ष नेपालले ओली कुनै न कुनै दिन निरीह हुने बताएका छन् ।

प्रतिक्रिया