भारतमा काेराेना संक्रमणबाट एकैदिन २०२ जनाकाे मृत्यु

काठमाडाैं । छिमेकी मुलुक भारतमा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट एकैदिन २०२ जनाकाे मृत्यु भएकाे छ ।

यस्तै पछिल्लाे २४ घण्टामा १५ हजार ९६८ जना संक्रमित थपिएका छन् भने १७ हजार ८१७ जना निकाे भएका छन् ।

भारतकाे केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कुल काेराेना संक्रमित संख्या १ कराेड ४ लाख ९५ हजार १४७ पुगेकाे छ । त्यहाँ अहिले २ लाख १४ हजार ५०७ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया