शेयरबजार बढेको बढ्यै, २२ सय ६७ अंक नाघ्यो

काठमाडौ । केही दिनदेखि लगातार उकालो लागिरहेको नेपाली शेयरबजार मंगलबार २८ अंकले बढेको छ ।

चार दिनदेखि लगातार नयाँ रेकर्ड बनाउदै आएको नेप्से परिसूचक मंगलबार २२६७.७३ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।

नेप्से गएका पाँच दिनमा १०२ अंकभन्दा बढीले उकालो लागेको छ ।

मंगलबार बीमा र जलविद्युत कम्पनीमा लगानीकर्ताकाे आकर्षण बढेको छ । यो दिन कारोबार भएका १२ उपसमूहमध्ये जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै ३ दशमलव ६ प्रतिशतले बढेको छ भने जीवन बीमा र निर्जीवन बीमा उपसमूहको सूचक २ दशमलव ६ प्रतिशतले बढेका छन् ।व्यापार उपसमूह भने शुन्य दशमलव ६१ प्रतिशतले घटेको छ ।

मंगलबार २ सय २ वटा कम्पनीको ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा
मंगलबार सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै, आरम्भ चौतारी लघुवित्तको ९ दशमलव ९८ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ९ दशमलव ९३ प्रतिशत, युनाइटेड फाइनान्सको ९ दशमलव ९० प्रतिशत, माथिल्लो तामाकोशीको ९दशमलव ८९ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ९ दशमलव ८७ प्रतिशत, समृद्धि फाइनान्सको ९ दशमलव ७० प्रतिशत र गोर्खाज फाइनान्सको ९ दशमलव ०५ प्रतिशतले बढेको छ भने नेपाल हाइड्रोको शेयरमूल्य सबैभन्दा धेरै ३ दशमलव ७८ प्रतिशतले घटेको छ ।

मंगलबार प्रिमियर लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै २९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया