३९० संक्रमित निको हुँदा ४३० मा संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घण्टामा ३९० काेराेना संक्रमित निकाे हुँदा थप ४३० जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार आज (मंगलबार)  थप ५ संक्रमितको मृत्यु भएको छ ।

यस्तै आज क्वारेन्टिनमा २३७ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ४ हजार ४०८ रहेकाे छ ।

आज अपडेटसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ५९ हजार ३५८ जना निकाे भइसकेका छन् भने मृतक संख्या १ हजार ९३२ पुगेकाे छ ।

प्रतिक्रिया