काठमाडौँ । दार्चुलामा आज (मंगलबार) बिहान भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान ९ बजेर ४८ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएकाे हाे ।
दार्चुलाको सुनसेरा आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे हाे । भूकम्पकाे धक्का धक्का छिमेकी जिम्लाहरुसहित भारतमा समेत महसुस गरिएकाे छ ।