सोमबार थपिए ४८८ कोरोना संक्रमित, ५२७ जना डिस्चार्ज

काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर ४८८ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । यस्तै ५२७ जना संक्रमित डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार आज (सोमबार) थप १० जना संक्रमितकाे मृत्यु भएकाे छ । आज क्वारेन्टिनमा २३७ जना छन् भने सक्रिय संक्रमित संख्या ४ हजार ३७३ रहेकाे छ ।

आजकाे अपडेटसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या २ लाख ६५ हजार २६८ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ५८ हजार ९६८ जना निकाे भइसकेका छन् भने मृतक संख्या १ हजार ९२७ पुगेकाे छ ।

प्रतिक्रिया