सोमबार नेप्सेमा सामान्य बृद्धि

काठमाडौं । नेपाली शेयर बजारको मापक नेप्से परिसूचक सोमबार सामान्य बढेको छ । आइतबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको नेप्से परिसुचक सोमबार ३ दशमलव ७ अंकले बढेर २२ सय ३९ दशमलव ४२ अंकमा पुगेको हो ।

सोमबार एक समय साढे २८ अंक बढेर नेप्से २२ सय ६६ दशमलव ५ विन्दुसम्म पुगेको नेप्से त्यसपछि २२ सय २९ विन्दूभन्दा तल झरेको थियो । बजार बन्द हुने समयमा केही बढेर नेप्से अहिलेसम्मकै उच्च विन्दु २२ सय ३९ दशमलव ४२ पुगेको हो ।

कारोबार रकम आइतबारको तुलनामा केही घटेको छ । सोमबार २०८ कम्पनीको साढे ५ अर्बको शेयर कारोबार भएको छ ।
सोमबार कारोबार भएका १२ मध्ये ७ उपसमूहको परिसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन वीमा समुहको उपसूचक १ सय ७६ दशमलव ९३ र जीवन वीमा उपसमूहको परिसूचक १ सय ६१ दशमलव २९ अंकले बढेको छ ।

यस दिन आरम्भ चौतारी लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मल्टीपर्पस फाइनान्सको शेयरमूल्य भने सबैभन्दा धेरै झण्डै ६ प्रतिशतले घटेको छ ।

सोमबार सिद्धार्थ बैंकको सर्वाधिक ४२ करोड ६२ लाख १२ हजार रुपैयाँ र प्रभु बैंकको २५ करोड १२ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया