प्राइम लाइफ इन्स्याेरेन्सकाे तेह्राैँ साधारण सभा सम्पन्न

काठमाडाैं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौंं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

काेराेना भाइरस (काेभिड १९) काे महामारीका कारण प्राइम लाइफले आज (सोमबार) भर्चूअल रुपमा साधारण सभा सम्पन्न गरेकाे हाे । शेयरधनीहरुको लागि जुम मार्फत् सभामा भाग लिन सक्ने व्यवस्था मिलाइएको थियाे, जसमा शेयरधनीहरुले उल्लेख्य रूपमा उपस्थिति जनाए ।

उक्त वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरणहरू पारित गरि सो आर्थिक बर्षसम्मको मूनाफा र  हाल कायम चूक्ता पुँजी २, २५, ८९, ३१, ७९७. ०० काे ७५ (खूद) का दरले शेयरधनीहरुलाई बोनश शेयर र ८५ का दरले नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत) वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरिएकाे प्राइम लाइफले जनाएकाे छ । उल्लेखित बोनश शेयर वितरण प्रक्रिया पुरा गरेपश्चात कम्पनीको चूक्ता पुँजी २,४१,७०,५७, ०२३.०० हुनेछ ।

प्रतिक्रिया