वर्ल्ड कोरोना अपडेट : एकैदिन ८ हजार ७ सयभन्दा बढीको निधन

काठमाडौं । विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख ४२ हजार ४ सय ६३ पुगेको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकाका रहेका छन् । त्यहाँ अहिलेसम्ममा ३ लाख ८३ हजार २ सय ४२ को मृत्यु भइसकेको छ ।

संक्रमणबाट गत २४ घण्टाभित्र ८ हजार ७ सय ५१ जना संक्रमितले ज्यान गुमाएका छन् । वर्ल्डमिटर्सको तथ्यांकअनुसार सोमबार बिहानसम्ममा १९ लाख ४२ हजार ४ सय पुगेको हो ।

यस्तै हालसम्म विश्वभर ९ करोड ६ लाख ६६ हजार ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कूल संक्रमितमध्ये ६ करोड ४७ लाख ९१ हजार ७ सय २९ जना उपचारपछि निको भइसकेका छन् ।

प्रतिक्रिया