सिल्भाको नायकत्वमा सिटी चौंथो चरणमा

एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा बर्मिंघम सिटीलाई ३–० गोल अन्तरले पराजित गर्दै सिटीले चौंथो चरणको यात्रा तय गरेको हो ।
सिटीको जितमा बेर्नार्डो सिल्भाले दुई गोल गरे । यस्तै फिल फोडेनले एक गोल थपे । खेलको आठौं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

खेलको १५ औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ३३ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलिया ३–० को जित दिलाए ।

लिड्स भने क्रलेसँग ३–० ले पराजित हुँदै तेस्रो चरणबाट बाहिरिएको छ । ब्रिस्टोलले पोर्ट्समाउथलाई २–१ ले हराएर चौंथो चरणमा स्थान बनाएको छ ।

 

प्रतिक्रिया