इन्टरले रोमासँग बराबरी खेल्यो

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलान बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा इन्टर रोमासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

रोमाको मैदानमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । लोरेन्जो पेल्लिग्रिनीले १७औं मिनेटमा गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए ।

खेलको ५६औं मिनेटमा मिलानले गोल गर्दै इन्टरलाई १–१ गोलको बराबरीमा फर्काए । खेलको ६३औं मिनेटमा हाकिमी आच्रफले गोल गर्दै इन्टरलाई २–१ को अग्रता दिलाए ।

तर, खेलको ८६औं मिनेटमा रोमाका जियानलुका मानसिनिले गोल गरेपछि खेल २–२ गोलको बराबरी सकिएको थियो । बराबरीसँगै इन्टरले १७औं खेलमा ३७ अंक जोडेको छ ।

इन्टर तालिकाको दोस्रो स्थानमा रहेको छ । रोमा ३४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया