३५ पिन्ट रगत संकलन, युवा नेताले गरे जन्मदिनमा रक्तदान

भरतराज शर्मा (गोपाल)

सुनसरी । बीपी कोराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित नेपाल रेडक्रस सोसाईटीले आयोजना गरेको रक्तदानमा नेकपाका युवा नेताले रक्तदान गरी जन्मदिन मनाएका छन् । नेकपाका युवा नेता सुब्बा चोत्लुङले आफ्नो जन्मदिन रत्तदान गरेर मनाएका हुन् ।

आज गरिएको रक्त दान कार्यक्रममा रेडक्रस सोसाइटीको ब्लड बैंकमा ३५ पिण्ट रगत संकलन गरिएको छ । नेकपा धरान नगरका ईन्चार्जसमेत रहका चोत्लुङ सामाजिक कार्यमा सदैव सकृय रहँदै आएका छन् । उनले यो लगाय तेस्रो पटक जन्मदिनमा रक्तदान गरेका हुन् ।

नेता चोत्लुङले रगत अभावले कुनै पनि बिरामीको मृत्यु नहोस् भन्ने उदेश्यले रक्तदान गरिएको बताए । आफूसँगै सुभेच्छुक साथीहरुले पनि रक्तदान गरी यो मानवीय कार्यमा सहयोग गरेको भन्दै उनले सबैप्रति हार्दिक आभार व्याक्त गरेका छन् ।

प्रतिक्रिया