नेप्सेकाे कीर्तिमान, नाघ्याे २२ सय ३५ बिन्दु

नेपाली सेयर कारोबारको मापक नेप्से परिसुचकले फेरि कीर्तिमान कायम गरेकाे छ ।

हप्ताको पहिलो दिन आईतबार सूचक ४१ दशमलव २४ अंकले बढेर २२ सय ३५ दशमलव ३५ बिन्दुमा पुगेको हो । जुन, अहिलेसम्मकै सबैभन्दा उच्च विन्दु हो ।

आइतबार, २०७ कम्पनीको ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आइतबार, बैैंकिङ समूह ५९ दशमलव ६१, विकास बैंक ८८ दशमलव ४५, निर्जीवन बीमा ३९ दशमलव ०८, उत्पादन तथा प्रशोधन २५ दशमलव ९७, माइक्रोफाइनान्स २१ दशमलव ८ अंकले बढेको छ । सवै परिसूचक उकालो लागेको दिन जीवन बीमा समूहको उपसूचक भने १७ दशलव १६ अंकले घटेको छ ।

आइतबार ६ कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशतले कमाएका छन्। प्रभु लाइफ इन्स्योरेन्स, नारायणी विकास बैंक, आरम्भ चौतारी लघुवित्त, कुमारी बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य करिब १० प्रतिशतले बढेको छ।
आइतबार, सबैभन्दा बढी प्रभु बैंकको ४० करोड २९ लाख ९१ हजार ९८ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया