सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा जाजरकोटमा

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको हाे ।

यसै क्रममा बैंकले जाजरकोट जिल्लाको नलगाड नगरपालिका, कालीमाटी बजारमायहिपौष २४ गतेबाट १०७औँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी अमर बहादुर बोहरालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रतिउल्लेखियविश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंककाे छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको प्रवक्ता उमंग शर्माले जानकारी दिए ।

प्रतिक्रिया