घट्यो कोरोना संक्रमण दर, शनिवार ३६२ जनामा पुष्टि, ६९९ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा कोरोनासंक्रमण दर घट्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ६२ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।

अब देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ।

यस्तै, गत २४ घण्टामा ६९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १२ पुगेको छ।

हाल देशभर ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया