प्रधानमन्त्रीको समर्थनमा ‘धोती जुलुस’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा तराईबासीहरुले प्रदर्शन गरेका छन् ।

शनिबार संघीय राजधानी काठमाडौंमा उनीहरुले धोती र कुर्था लगाएर प्रदर्शन गरेका हुन् ।

‘धोती जुलुस’ नाम दिएर ओली मधेशीको ‘ज्यान’ रहेको दाबीसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘धोती, कुर्था, गम्छा मधेसीके शान बा, केपी ओली हमनी सबके जान बा’ भन्ने नारासहित जुलुस निकालेका हुन् ।

जुलुस ओली पक्षीय नेता महेश बस्नेतको अगुवाईमा भएको हो ।

प्रतिक्रिया