कालिमाटी तरकारी तथा फलफूल बजारमा क्यू आर कोड सेवा सञ्चालनमा

काठमाडाैं । प्रभु बैंकले काठमाडाैंस्थित कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत् भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आज  (शुक्रबार) क्यू आर कोड मार्फत् भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको हाे ।

कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङ्गणमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि एवम् नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको बताए ।

यस्तै उनले प्रभु बैंक र फोन पे को संयुक्त पहलमा फलफूल तथा तरकारी बजारमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नुपर्ने झण्झट हटेकोे पनि बताए । यस्तै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकहरुलाई समय सापेक्ष नविनतम् बैंकिङ्ग सेवा प्रवाहमा कटिबद्ध रहेको बताए ।

प्रतिक्रिया