राइटपाथ करियर काउन्सिलिङको चौँथो वार्षिकोत्सव सम्पन्न

काठमाडौं । उच्च शिक्षाका लागि विदेश जाने तयारीमा लागेका विद्यार्थीहरुलाई शैक्षिक परामर्श गर्दै आएको राइटपाथ करियर काउन्सिलिङले आफ्नो चौँथो वार्षिकोत्सव मनाएको छ । काठमाडाैंकाे पुतलीसडकस्थित संस्थाकाे केन्द्रिय कार्यालयमा बिहीबार वार्षिकाेत्सव मनाइएकाे हाे ।

वार्षिकाेत्सव कार्यक्रममा राइट पाटकाे ब्राण्ड एम्बासडर नायिका पूजा शर्मा, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डे, निवर्तमान अध्यक्ष विष्णुहरी पाण्डे लगायत इक्यानका पदाधिकारी, अष्ट्रेलिया, क्यानडा लगायत विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधि लगायत कर्मचारीहरूकाे उपस्थिति रहेकाे थियाे ।

वार्षिकाेत्सवमा हाजिरीजवाफ प्रतियाेगिता समेत गरिएकाे थियाे । प्रतियाेगीतामा प्रथम हुनेले ८ हजार नगद पुरस्कार प्राप्त गरेका थिए भने दाेस्राे हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

कार्यक्रममा राइट पाथका संस्थापक एवम् सिइओ फिलिप डिसीले शैक्षिक परामर्शकाे क्षेत्रमा राइटपाथ स्थापित हुनुमा अभिभावक, विद्यार्थी लगायतकाे महत्वपूर्ण हात एवम् साथ रहेकाे भन्दै सम्पूर्णमा धन्यवाद ज्ञापन गरे । उच्च शिक्षाका लागि राइट पाथले दिने शैक्षिक परामर्श र सेवाले विद्यार्थीको उज्ववल भविष्य निर्माणमा सहयोग पुग्ने उनकाे भनाइ छ ।

बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै इक्यानका अध्यक्ष पाण्डेले प्रतिकुल परिस्थितिमा पनि फरक तरीकाले उभिएर शैक्षिक परामर्श क्षेत्रलाई निरन्तर रुपमा अगाडी बढाउने सवालमा राइटपाथ सफल भएको बताए ।

उनले भने, ‘गाह्रो र अप्ठेरो समयमा पनि काम राम्रो गर्दा गदै राइटपाथ प्रति नकारात्मक दृष्टीले हेर्ने अवस्था आएपनि ति सबैलाई चिदै शैक्षिक परामर्श क्षेत्रमा अत्यन्त राम्रो हिसाबले सम्हालिएर, व्यस्थित, शैक्षिक परामर्श दिलाउन राइटपाथ र अध्यक्ष फिलिप डिसी सफल हुनुभएको छ, मेरो तर्फबाट बधाई र सुभकामना ।’

चितवन, दाङ र हेटौंडाका शाखाहरूबाट समेत शैक्षिक परामर्श दिँदै आएको राइट पाथले समाजसेवामा पनि उतिकै याेगदान गर्दै पुर्याउँदै आएको छ । राइटपाथबाट कक्षा १२ पास गरिसकेका डिप्लोमा, ब्याचलर तथा मास्टर्स गर्न विदेश जान चाहने विद्यार्थीले शैक्षिक परामर्श लिन सक्छन् । राइटपाथले यूके, अस्ट्रेलिया, न्युजलेण्ड, क्यानडा जस्ता शैक्षिक गन्तब्य भएका देशका लागि काम गर्दै आएको छ ।

प्रतिक्रिया