ग्लोबल आइएमई बैंकद्वारा जाडोमा न्यानो कपडा वितरण

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडको कर्णाली प्रादेशिक शाखा कार्यालयले मानव सेवा आश्रमका विभिन्न उमेर समूहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

बैंकको १४ औं वार्षिकोत्सवको उपलक्ष्यमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय प्रमुख विष्णु अर्यालले विरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रम बैंकले सहयाेग हस्तान्तरण गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले समाजलाई टेवा पुर्याउने उद्देश्यका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाज उपयोगी कार्यहरु गर्दै आएको छ । साथै, बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २७ सरकारी राजश्व संकलन काउन्टर, १ CDS & Clearing काउन्टर, १९ एक्सटेन्सन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ७९६ भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया