माछापुछ्रे बैंक र सिप्रदी ट्रेडिङ्गबीच सहुलियत कर्जा सम्बन्धी सम्झाैता

काठमाडाैं । माछापुछ्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लि बिच सहुलियत कर्जा सम्बन्धी सम्झाैता भएकाे छ ।

उक्त सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ्ग प्रा.लि को तर्फबाट अध्यक्ष राजन बाबु श्रेष्ठ तथा माछापुछ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झाैतासँगै ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल (Heavy and Light Commercial Vehicle) खरिदमा माछापुछ्रे बे.क लि. ले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ । सम्झौता अनुसार माछापुछ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत् सिप्रदीका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमि कर्मसियल खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने बताइएकाे छ ।

प्रतिक्रिया