एजेन्सी । भ्यालेन्सिया स्पेनिस कोपा डेल रे फुटबलको तेस्रो चरणमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको दोस्रो चरणको खेलमा दोस्रो डिभिजन क्लब एक्लानोलाई ४–१ गोल अन्तरले पराजित गर्दै भ्यालेन्सियाको तेस्रो चरणमा स्थान बनाएको हो ।
एक्लानोको मैदानमा काङ्ग इन लिको गोलबाट सातौं मिनेटमा भ्यालेन्सियाले अग्रता बनाएको थियो । नवौं मिनेटमा उरोस रासिकले गोल गर्दा भ्यालेन्सिया २–० ले अघि रह्यो ।
खेलको ३४ औं मिनेटमा रुबेनले गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । खेलको ४६ औं मिनेटमा अल्बर्टो ओकाले गोल गोल गर्दै घरेलु टोलीलाई ३–१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ५३ औं मिनेटमा थियरी कोर्रेयाले गोल गर्दै भ्यालेन्सियालाई ४–१ को सहज जित दिलाए ।