ग्लोबल आइएमई बैंक र हेफर इन्टरनेशनलबीच कृषि कर्जाकाे सम्झौता

काठमाडाैं । ग्लोबल आइएमई बैंक र हेफर इन्टरनेशनलबीच मूल्य श्रृंखलामा आधारित उद्यमीहरुका लागि सहुलियतपूर्ण कृषि कर्जा सम्बन्धी सम्झाैता भएकाे छ ।

कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्य पुरा गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हाे । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरे ।

समझदारी पत्र अनुसार ग्लोबल आइएमई बैंकले गुल्मी जिल्लाका विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेति, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ भने हेफर इन्टरनेशनलले सहकारीको सिफारिसमा साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

यो समझदारीले गुल्मी जिल्लाका महिला, सिमान्तकृत तथा पूजीँ अभावका कारण पछाडि परेका स्थानीय कृषि उद्यमीहरुको जीवनस्तर उकास्न उल्लेख्य योगदान पुर्याउने बैंककाे विश्वास छ । बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा सहित ८०० सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया