बिहीबार थपिए ४१२ काेराेना संक्रमित, ४८३ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

यस्तै आज (बिहीबार) ४८३ काेराेना संक्रमित निकाे भएका छन् भने थप ४ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आज क्वारेन्टिनमा ३४२ जना छन् भने सक्रिय संक्रमित संख्या ५ हजार ५८ रहेकाे छ ।

आजकाे थप अपडेटसँगै काेराेना संक्रमितकाे कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ५६ हजार ६४४ जना निकाे भइसकेका छन् भने मृतक संख्या १ हजार ९०३ पुगेकाे छ ।

प्रतिक्रिया