बीमा समिति नेतृत्वविहीन

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति मंगलबारबाट नेतृत्व विहिन भएको छ । अध्यक्ष चिरञ्जीवी चापागाईँको कार्यकाल सकिएसँगै समिति नेतृत्वविहीन भएको हो ।

समितिको कार्यकारी अध्यक्ष मन्त्रिपरिषदबाट नियुक्त हुने व्यवस्था छ । नयाँ अध्यक्षका लागि अर्थमन्त्रालयले नाम मन्त्रीपरिषदमा लैजानुपर्छ । समितिको नयाँ अध्यक्ष नियुक्त गर्ने बिषयमा छलफल सुरु भइसकेको तर निर्णय हुन अझै केही समय लाग्ने मन्त्रालय स्राेतले जनाएको छ ।

चापागाईँले आफ्नो कार्यकालमा बीमाको पहुँच बढाएको, नयाँ कम्पनी खुलेको, गाउँगाउँसम्म बीमाको चेतना बढाएको लगायत उपलब्धि भएको उल्लेख गर्ने गरेका छन् । अझै केही काम गर्न बाँकी रहेकाले दोश्रो कार्यकालमा पनि नियुक्त हुने इच्छा देखाए पनि चापागाईँ दोहोरिने सम्भावना नभएको अर्थ मन्त्रालय स्राेत जनाएको छ ।

चापागाईँ पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छन् ।

बीमा समितिमा अध्यक्ष नहुँदा बीमा कम्पनीका धेरै काम रोकिएका छन् । चापागाईँले २०७३ साल पुस २४ गते बीमा समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया