सिटीसँग हार्‍यो युनाइटेड

एजेन्सी । म्यानचेस्टर ‘डर्वी’ मा म्यानचेस्टर युनाइटेडको चुनौती २–० ले पन्छाउदै सिटी इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ ।

जोन स्टोन र फर्नाडिन्होले गोल गरेपछि सिटीले युनाइटेडलाई उसकै मैदानमा हार चखाएको हो । अघिल्लो सिजन पटि सिटीले युनाइटेडलाई समग्रमा ३–२ पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

ओल्डट्राफोर्डमा बुधबार राति भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको तेस्रो मिनेटमा नै रुवेन डियासले आफ्नै पोस्टमा गोल गरेपनि उक्त मुभमा मार्कुस रासफोर्ड अफसाइड ठहरिदा भिएआरबाट गोलले मान्यता नपाउदा युनाइटेडले खेलमा अग्रता लिने अवसर गुमाएको थियो ।

प्रतिक्रिया