गण्डकी प्रदेशको विशेष अधिवेशन आजदेखि सुरू हुँदै

पोखरा । गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन आजदेखि सुरू हुँदैछ । विपक्षी दलहरूले माग गरेपछि पहिलोपटक प्रदेश सभाकाे विशेष अधिवेशन बाेलाइएकाे हाे । अधिवेशनकाे बैठक दिउँसो १ बजे पोखरा सभागृहमा बस्नेछ ।

अधिवेशनमा जनसरोकारका विषयमा छलफल हुने अनुमान गरिएकाे छ । पार्टीभित्रकाे केन्द्रिय विवाद पनि उठ्न सक्नेछ ।

गण्डकी प्रदेशसभामा कूल ६० सांसदहरुमध्ये सभामुखबाहेक नेकपाका ३९ जना छन् भने नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ सदस्य रहेका छन् । संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बाेलाउनुपर्ने व्यवस्था छ । त्यसैअनुरूप कांग्रेसका १५ र जसपाका दुई सदस्यले ३० मंसिरमा निवेदन दिएका थिए ।

प्रतिक्रिया