सोमबार ४०३ संक्रमित थपिए, ७ जनाको मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घण्टामा ४०३ जनामा काेभिड १९ संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (सोमबार) ५९४ संक्रमित निकाे भएका छन् भने थप ७ जनाकाे मृत्यु भएकाे छ । यस्तै आज क्वारेन्टिनमा ३४२ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ५ हजार २८९ रहेकाे छ ।

याेसँगै काेराेना संक्रमितकाे कुल संख्या २ लाख ६२ हजार २६२ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ५५ हजार ८८ जना निकाे भइसकेका छन् भने मृतक संख्या १ हजार ८८५ पुगेकाे छ ।

प्रतिक्रिया