बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई साक्को रिसोर्टमा १० प्रतिशत छुट

काठमाडाैं । बैंक अफ काठमाण्डू लिमिटेड र साक्को रिसोर्ट बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहकहरुले साक्को रिसोर्टको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशत छुट पाउनेछन् । साक्को रिसोर्टले काठमाडाैंको साँखुबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

उक्त सम्झौतामा बैंकका साँखु शाखा कार्यालयका शाखा प्रबन्धक बैकुण्ठ कुमार सैंजु र साक्को रिसोर्टका प्रमुख श्रीबन्त लाल श्रेष्ठले हस्ताक्षर गरे । बैंकले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया