प्रचण्ड पत्नी सीतालाई उपचारका लागि भारत लगिदै

काठमाडौं । प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि आज भारतको मुम्बइ लगिदैछ । पत्नीको उपचारका लागि नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि मुम्बइ जाँदैछन् ।

प्रचण्डले आइतबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा पत्नीको उपचारका निम्ति आफू मुम्बई जान लागेको जानकारी गराएका थिए । सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् ।

स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन् ।

प्रतिक्रिया