प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि सोमबार भारत लगिने
२०७७ पुस १९ गते

फाइल तस्वीर
काठमाडौँ । दाहाल–नेपाल पक्षको नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको लैजाने तयारी भएको छ।
विगत केही दिनयता अस्वस्थ रहेकी दाहाल पत्नी सीतालाई थप उपचारका भोलि (सोमबार) भारत लैजान लागिएको हो ।
वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो। यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो ।
२०७७ पुस १९ गते
प्रतिक्रिया
सम्बन्धित








