४२१ जनामा संक्रमण, ६३७ जना निको हुँदा ८ को मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर ४२१ काेराेना भाइरस (काेभिड १९) संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार आज (आइतबार) ६३७ जना संक्रमित निकाे हुँदा थप ८ जनाकाे मृत्यु भएकाे छ । क्वारेन्टिनमा ३६७ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ५ हजार ४८७ रहेकाे छ ।

आजको थप अपडेटसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८५९ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ५४ हजार ४९४ जना निकाे भइसकेका छन् भने मृतक संख्या १ हजार ८७७ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

 

प्रतिक्रिया