‘सिधा कुरा जनतासँग’ कार्यक्रम बन्द हुने

काठमाडौं । चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ बन्द हुने भएको छ । सन् २०१६ को डिसेम्बर महिनादेखि न्युज २४ च्यानलमा प्रसारण हुँदै आएको कार्यक्रम बन्द हुने श्रोतले मकालु खबरलाई जानकारी दिएको छ ।

कार्यक्रम प्रस्तोता रवि लामिछाने तथा कार्यक्रम प्रोड्युसर दिपक बोहोराले करिब दुई महिना अघि नै राजिनामा दिइसकेका छन् । तर यसबारेमा बोहोराले भने यसबारेमा केही नबताउने प्रतिकृया दिए । श्रोतका अनुसार अब बढीमा एक महिना मात्र कार्यक्रम प्रसारण हुनेछ ।

नयाँ टेलिभिजन शुरु गर्ने तयारी
सिधा कुरा जनतासँग कार्यक्रममार्फत् चर्चित बनेका सञ्चारकर्मी लामिछानेले केही ब्यवसायीसँगको सहकार्यमा नयाँ टेलिभिजन ल्याउने तयारी गरिरहेका छन् ।

‘सिधा कुरा जनतासँग कार्यक्रम पनि नयाँ टेलिभिजनमार्फत् नै प्रसारण हुन्छ’, श्रोतले भन्यो तर यसका लागि केही महिना लाग्छ ।’ नयाँ टेलिभिजनका लागि जनशक्ति ब्यवथापन लगायतका काम तीव्र पारिएको छ ।

प्रतिक्रिया