कार्की बैंक्वेटमा ओली निकट विद्यार्थीको भेला, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई समूहले भेला र सम्मेलनलाई तीव्रता दिएका छन् । कार्यकर्तालाई आफ्नो पक्षमा पार्न ओली समूह र प्रचण्ड-नेपाल समूहले देशभर विभिन्न भेला तथा सम्मेलनको आयोजना गरी कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका हुन् ।

शनिबार कमलादीमा भेला गरेको ओली समूहले आज कार्की बैंक्वेटमा विद्यार्थी भेला गर्दैछ । भेलामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने अनेरास्ववियु केन्द्रीय कमिटीले जनाएको छ । भेला दिउँसो १२ बजे सुरु हुनेछ ।

प्रतिनिधिसभा विघटनपछि नेकपाको प्रचण्ड-नेपाल पक्ष विरोधका कार्यक्रमा केन्द्रित बनेको छ भने ओली समूहले चुनावी सभाको झल्को दिने गरी कार्यकर्ता भेला गरिरहेको हो ।

प्रतिक्रिया