पुष्पकमल हरायो, प्रचण्ड हावी हुँदा देश अशान्त हुन्छ : शिक्षामन्त्री श्रेष्ठ

काठमाडाैं । नवनियुक्त शिक्षामन्त्री कृष्णगाेपाल श्रेष्ठले अहिले जारी नेकपाभित्रको आन्तरिक किचलो सुक्ष्म भएकाे बताएका छन् । विगतमा पार्टीभित्र ठुलाठुला घटना, षणयन्त्रहरू भएकाे बताउँदै मन्त्री श्रेष्ठले अहिलेकाे किचलाे सानाे धक्का मात्रै भएकाे स्पष्ट पारेका हुन् ।

‘नेकपामा अहिलेको धक्का त सानो हो । हामीले जसरी भएपनि ट्याकल् गर्छौँ । नेकपा इतिहासमा यो केही पनि होइन’, मन्त्री श्रेष्ठले ललितपुर महानगरपालिकास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने ।

यस्तै उनले अहिले प्रचण्ड हावी हुँदा पुष्पकमल हराएकाे टिप्पणी गरे । ‘प्रचण्ड हावी हुँदा यस्तो हुन्छ । अशान्ति हुन्छ । देश अधाेगति तिर जान्छ । पुष्पकमल हावी हुन्थ्याे भने त लुम्बिनी गएर परेवा उडाउनुपर्ने हो’, मन्त्री श्रेष्ठले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा मानेपछि मात्रै प्रचण्ड पुष्पकमल हुने उनकाे भनाइ छ ।

प्रतिक्रिया