बर्जर पेन्ट्स नेपालको तर्फबाट बम्पर पुरस्कार विजेताले पाए नगद ५ लाख

काठमाडौं । बर्जर पेन्ट्सले बर्जर कलर स्प्ल्यास २०७६ का विजेता जयनाथ सापकोटालाई बम्पर पुरस्कार ५ लाख नगद प्रदान गरेको छ । विगत २ दशकदेखि सजावटी पेन्ट उत्पादनमा अग्रणी स्थानमा रहँदै आएको बर्जर पेन्ट्सले बर्जर हाउसमा आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रममा कम्पनीले प्रवर्द्धनात्मक अफर अन्तर्गत प्रथम पुरस्कार विजेता रमेश श्रेष्ठलाई पहिलो पुरस्कार बापत लण्डन ट्रिप प्याकेजको टिकट र आधिकारिक पत्र समेत प्रदान गरेको छ ।

यो योजना २०७६ सालको दशैं तिहारको अवसरमा (भदौ देखि पुष २०७६) सञ्चालन गरिएको थियो, जुन योजना अन्तर्गत ग्राहकहरुले सीमित बर्जर पेन्ट्का उत्पादनहरुको खरीद गर्दा १०० वर्ग फिट सिल्क इलुजन डिजाइनर्स फिनिस पक्का उपहार प्राप्त गर्नुका र साथसाथै भाग्यशाली गोला प्रथा र डिजिटल प्रतियोगिता मार्फत् अन्य आकर्षक उपहारहरु जित्ने अवसर पनि दिइएको थियो ।

योजनामा सहभागी ६००० भन्दा बढी ग्राहकहरुमध्येबाट १७८ जना विजेताहरुको घोषणा प्रत्यक्ष लक्की ड्रबाट गरिएको थियो । जसअनुसार इटहरीका जयनाथ सापकाेटाले ५ लाख नगद प्राप्त गरेका छन् भने माेरङ, उर्लाबारीका पूर्णमान गुरुङ्गले लण्डन ट्रिप पाएका छन् । यस्तै भक्तपुरका रमेश श्रेष्ठले पनि लण्डन ट्रिप अफर प्राप्त गरेका छन् ।

यसैगरी लक्की ड्र मार्फत् २५ जना विजेताहरुले दोस्रो पुरस्कार वापत् ३२ इन्चको सामसुङ्ग टिभि, ५० जना विजेताहरुले तेस्रो पुरस्कार स्वरुप आन्तरिक ट्रिप र १०० जना विजेताहरुले सान्त्वना पुरस्कारमा सामसुङ्ग एम-२० पुरस्कारहरु प्राप्त गरेका थिए । योजनाका विजेताहरुलाई बर्जर पेन्ट्स नेपालका कन्ट्रि म्यानेजर सैवाल घोष, चिफ अपरेटिङ्ग अफिसर सत्य प्रकाश तथा टर्किस एयरलाइन्स इन्क, नेपालका जनरल म्यानेजर अब्दुल्ला टुन्सेर केसेसिका साथै अन्य अधिकारीहरुको समुपस्थितिमा पुरस्कारहरु वितरण गरिएको थियो ।

प्रतिक्रिया