शंकर पोखरेलको तर्क–‘कुलमान घिसिङलाई लोडसेडिङ्ग अन्त्यको जस दिनु सही होइन’

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रधानमन्धी केपी शर्मा ओली निकट नेता शंकर पोखरेलले लोडसेडिङ्ग अन्त्यको जस कुलमान घिसिङलाई दिनु सही नभएको बताएका छन् ।

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्युठान पुगेका नेता पोखरेलले लोडसेडिङ्ग अन्य कुलमानले नभइ ओलीले गरेको दाबी गरेका हुन् ।

उनले २ सय ५० मेगावाट विद्युत अपुग भएको बेला ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ्ग अन्त्य गरेको तर्क गरे ।

कुलमान घिसिङले विद्युत चुहावट मात्र नियन्त्रण गरेको नेता पोखरेलको भनाइ छ । उनले भनेका छन्, ‘लोडसेडिङ्ग अन्त्यको आधार ओलीले तय गर्नुभएको थियो ।’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी दिर्नेशक घिसिङको गत भदौमा कार्यकाल सकिएको थियो । त्यसपछि पुनः कुलमानलाई नै पुनर्बहाली गर्नुपर्ने माग नागरिक तहबाटै भएपनि ओली सहमत भएका छैनन् ।

निवर्तनमा ऊर्जामन्त्री वर्षमान पुनले सञ्चारमाध्यममा बताएअनुसार ओलीकै निर्देशनमा घिसिङलाई पुनर्नियुक्ति नगरिएको हो ।

प्रतिक्रिया