आइएमई ‘भरोसा कोश’, प्रदेश नं ४ मा सहयाेग रकम वितरण शुरु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरू भएको छ । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।

गत हप्ता पुस १० गते शुक्रबार प्रदेश नं. ४ को पर्वतमा आयोजित एक विशेष कार्यक्रमका बिच आइएमई लिमिटेडका प्रबन्धक रोशन रखाल, आइएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि किशोर शर्माले संयूक्त रूपमा आवेदक स्व. सन्तोष लामिछाने का बुवा धोलक राज जैिस लाई चेक हस्तान्तरण गरेका थिए ।

आइएमई पे वालेट मार्फत् रकम भुक्तान लिन सक्ने पनि व्यवस्था मिलाइएको कोशको सहयोग राशि पुस मसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिइएको कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया