पोर्चुगलमा काेराेना संक्रमणबाट नेपाली युवकको मृत्यु
२०७७ पुस १६ गते

प्रतिकात्मक तस्विर
पोर्चुगल । कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए ।
तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको संक्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्राेतले जानकारी दिएको छ ।
कोभिडको कारण ज्यान गुमाउने उनी छैंठाैँ व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । पोर्चुगलमा कोभिडका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको सङ्ख्या दुई भएको छ । राना मृत्युले नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताएका छन् । रासस
२०७७ पुस १६ गते
प्रतिक्रिया
सम्बन्धित









