ओली नेतृत्वको नेकपाको भेला शनिबार पनि

काठमाडौं । प्रधानमन्त्री एवम् एकीकृत नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपाले शनिबार पनि कार्यकर्ता भेला गर्ने भएको छ ।

यसअघि बिहीबार पनि बृहत् कार्यकर्ता भेला गरेको थियो । जहाँ, प्रधानमन्त्री ओलीले नै सम्बोधन गरेका थिए भने शनिबारको भेलालाई पनि ओलीले नै सम्बोधन गर्ने भएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रमलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उप-प्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गोपालमान श्रेष्ठलगायतले पनि विशेष सम्बोधन गर्ने भएका छन् ।

प्रतिक्रिया