नेकपाको बैंक खाता रोक्का, निर्वाचन आयोग र सर्वोच्चको निर्णयपछि मात्रै खुल्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैंक खाता रोक्का हुने भएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालका अनुसार नेकपाको बहुमत सदस्यहरुले गरेको पत्राचारका आधारमा खाता रोक्का हुने भएको हो ।

दाहालले भनेका छन्, ‘पार्टीको होस् या अन्य कुनै संस्थाको, विवादित अवस्थामा यस्तै क्रिटिकल अवस्था आउँछ र खाता रोक्का हुन्छ । नेकपाको पनि दुई पक्षबीच विवाद उत्पन्न भएर खाता रोक्का गर्न भनी निवेदन परेको छ । अब रोक्का हुन्छ । निर्वाचन आयोग वा सर्वोच्चको अन्तिम निर्णय आएपछि मात्रै खाता खुल्छ ।’

नेकपाभित्रको असन्तुष्ट पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालनिकटका सदस्यहरुले बुधबार खाता रोक्काको लागि सामूहिक पत्रचार गरेका थिए ।

प्रतिक्रिया