नेपाल टेलिकमले एनटि-टिभी सेवा सञ्चालनमा ल्याउने

काठमाडाैं । नेपाल टेलिकमले यही पुष १७ गते (१ जनवरी २०२१ ) देखि एनटि-टिभी ब्राण्डमा फाइबर टू दि होम मार्फत् आईपी टिभीसेवा सञ्चालनमा ल्याउने भएको छ । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी टिभी सेवा पनि थप गर्न लागेको हो ।

कम्पनीको एनटि-टिभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच अपरिहार्य रहेको हुनाले तत्कालका लागि यो सेवा काठमाडाैं उपत्यकाभित्रका सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोंगबु, पाटन, हात्तिगाैँडा, जोरपाटी, किर्तिपुर, सैबु, लुभु, नक्साल तथा उपत्यका बाहिर बनेपामा एफटीटीएच नेटवर्क पुगिसकेका र प्राविधिक रुपमा एफटीटीएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुने टेलिकमले जनाएकाे छ ।

टेलिकमका अनुसार हाल कम्पनीको एफटीटीएच सेवामार्फत् भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकले एनटि-टिभि सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नुपर्छ । एनटि-टिभी सेवा प्रयोग गर्न ग्राहकले कम्पनीबाट STB (Set Top Box) खरिद गर्नुपर्नेछ भने ग्राहकले प्रयोग गरिरहेको traditional टिभि सेट र आधुनिक digita टिभि सेटमा एनटि टिभी हेर्न सकिने टेलिकमका प्रवक्त राजेश जाेशीले जानकारी दिए ।

विभिन्न राष्ट्रिय टिभि च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटि टिभि सेवा कम्पनीले विभिन्न प्याकेजमा वितरण गर्ने हुनाले ग्राहकवर्गले आफ्नो आवश्यकता र उपयुक्तता अनुसारको प्याकेज छनौंट गरी सेवा लिन सक्नेछन् ।

प्रतिक्रिया